उग्रतिर्थ साधारण सभा

सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लि. नेपाल सरकारबाट वित्तीय कारोवार गर्न ईजाजत प्राप्त वित्तीय संस्था हो । यसको प्रधान कार्यालय बनेपा, काभ्रेमा अवस्थित छ । यस संस्थाको उच्च व्यवस्थापन तहमा वित्तीय संस्थामा लामो समयको कार्य अनुभव हासिल गरिसकेका व्यक्तिहरु हुनुहुन्छ । संस्थाको मुख्य उद्देश्य वर्तमान प्रतिस्पर्धात्मक वित्तीय वातावरणमा स्वस्थ प्रतिस्पर्धाबाट आकर्षक ब्याज प्रदान गरी संकलन गरिएको निक्षेप रकमलाई ईमान्दार सदस्य, व्यवसायी तथा उद्यमीहरुको व्यवसाय प्रवर्द्धनको लागि सुलभ ब्याजदरमा कर्जा प्रवाह गरी उनीहरुलाई सवल र आत्मनिर्भर एवं सक्षम व्यवसायी बनाई संस्थाको हिस्सेदारको रुपमा स्थापित गर्दै लाने रहेको छ।